सुन ताेलामा ५०० ले घट्याे

सुन ताेलामा ५०० ले घट्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ११, २०७८

नेपाली बजारमा बुधबार सुनकाे भाउ घटेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३२० रुपैयाँ कायम भएकाे महासंघले जनाएको छ ।