गृहमन्त्री खाण पुगे ओली भेट्न बालकोट

गृहमन्त्री खाण पुगे ओली भेट्न बालकोट

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७८

गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाण पुगेका हुन् । यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । 

पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेका छन् ।