गरिमा विकास बैंक: ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट

गरिमा विकास बैंक: ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ११, २०७८

काठमाडौँ । डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकूल आफ्ना ग्राहक वर्गका लागि विभिन्न छुट सम्बन्धी सम्झौता गर्दै आइरहेको छ । यसलाई नै निरन्तरता दिँदै यस बैंकले ई–कमर्श साइट बजेट पसल डट कमसँग सामान खरिदमा ५ प्रतिशत छुटको लागि सम्झौता गरेको हो । 

सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाइनबाट रु ३,००० भन्दा माथिका दैनिक उपभोग्य तथा इलेकट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाइल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्नुहुँदा तत्काल ५% छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।