नेपाल एपीएफ अस्पताल : निर्माण हुने इमर्जेन्सी र ओ.टी भवन शिलान्यास

नेपाल एपीएफ अस्पताल : निर्माण हुने इमर्जेन्सी र ओ.टी भवन शिलान्यास

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन ११, २०७८

काठमाडौँ । नेपाल एपीएफ अस्पताल बम्बुको हाताभित्र निर्माण हुन लागेको इमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गर्नुभएको छ ।

बुधवार बिहान ८ बजेको शुभ साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा वैदिक बिधी अनुसार पूजा गरी शिलान्यास गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।