स्वर्गमा कवि सम्मेलन !

विज्ञान कथा भाग- ११

स्वर्गमा कवि सम्मेलन !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  जेठ ४, २०७६

देवराज पृथ्वीबाट आफ्नो लीलावधि पूरा गरेर फर्किँदा लक्ष्मीप्रसाद देवकोटाले इन्द्रासनबाट उठेर उहाँको स्वागत गर्नुभयो । उहाँलाई इन्द्रासनसम्म लगेर बस्न विन्ती गर्नुभयो । देवराज आसीन भएपछि सबै आ–आफ्नो आसनमा बसे । 

कविज्यूले आफ्नो आसनबाट उठेर देवराजलाई संबोधित गर्दै भन्नुभयो, हे प्रभू ! हजुरको अनुपस्थ्तििमा मेरो कवि हृदयले गर्दा स्वर्गको परम्परा विपरीत केही कार्य हुन गयो, त्यसका लागि म क्षमायाचना गर्दछु । 

कविज्यू, तपाई मेरो अनुपस्थितिमा मेरा सम्पूर्ण अधिकारकासाथ इन्द्रासनमा अधिष्ठित हुनु भएको थियो । आफ्नो अधिकार क्षेत्रभित्र परम्परा तोड्नु, नयाँ परम्परा आरम्भ गर्नु, राजाको अधिकार र दायित्व भित्र पर्दछ । तसर्थ तपाईले क्षमायाचना गर्नु पर्दैन । र, अब यो मेरो अधिकार हो, तपाईले शुरु गरेको कुनै पनि कार्य वा योजना म जारी राखोैं वा खारिज गरौं । ल भन्नुस, म तपाईकै मुखबाट सुन्न चाहन्छु, के नयाँ परम्परा बसाउनु भयो तपाईले । 

पृथ्वी भ्रमणको अन्त्यतिर मैले तपाईका बारेमा थाहा पाएको थिएँ, चोभार पनि घुम्न पुगेको थिएँ र महेन्द्र विक्रम शाहसँग परिचय गर्दा देवराजले उहाँलाई स्मरण गराउनु भयो कि उनकै अनुकम्पाले देवराज ‘अक्सफोर्ड’ जान पाउनु भएको थियो । परिचय उपरान्त देवराजले उर्वशीलाई तत्काल स्वर्ग वाटिकामा काव्य समारोहको व्यवस्था गर्न आदेश दिनुभयो ।

देवराज, हजुरको हृदयविशालताका सामु यो कवि नतमस्तक बन्यो । पृथ्वीका राजामा पनि यस्तो विशालता भइदिए त्यो पृथ्वी नगरी स्वर्गसरी नभए पनि कान्तिपुरी त निश्चय पनि हुने थियो । प्रभु, हजुरको अनुपस्थितिमा पृथ्वीलोकबाट आएका केही कवि, साहित्यकार र संगीतकारलाई मैले हजुरको दरबारको आतिथ्यमा राख्ने धृष्टता गरेको छु । हजुरको आदेश भए उहाँहरुसँग हजुरको परिचय गराउँ । 

सुन्दर, अति सुन्दर कार्य गर्नु भएको रहेछ कविज्यू । (इन्द्रासनबाट उठ्दै) म उहाँहरुसँग भेट्न आतुर छु, स्वयं उहाँहरुको सामीप्यमा पुगी दर्शन गर्न चाहन्छु, शीघ्र गर्नुहोस् भनेर, देवराज कविज्यू समक्ष आएर उभिनु भयो ।

 कविज्यूले एउटा आसनका अगाडि उभिएर भन्नुभयो, उहाँ हुनुहुन्छ कवि शिरोमणि लेखनाथ पौड्याल । भन्न त नेपालमा मलाई महाकवि भने, तर उहाँका समक्ष मेरो सम्पूर्ण काव्य फिक्का छ । देवराजले कवि शिरोमणिलाई नमस्कार गरी सम्मान दिनुभयो । त्यसपछि कविज्यूले क्रमशः राहुल सांकृत्यायन, सुमित्रा नन्दन पन्त, सूर्यकान्त त्रिपाठी निराला, गोपालप्रसाद रिमाल, बालकृष्ण सम, केदारमान व्यथित, भूपि शेरचन, नारायण गोपाल, महेन्द्रविक्रम शाहसँग देवराजको परिचय गराउनु भयो । 

बालकृष्ण समसँग परिचय गर्दा देवराजले भन्नुभयो –पृथ्वी भ्रमणको अन्त्यतिर मैले तपाईका बारेमा थाहा पाएको थिएँ, चोभार पनि घुम्न पुगेको थिएँ र महेन्द्र विक्रम शाहसँग परिचय गर्दा देवराजले उहाँलाई स्मरण गराउनु भयो कि उनकै अनुकम्पाले देवराज ‘अक्सफोर्ड’ जान पाउनु भएको थियो । 

परिचय उपरान्त देवराजले उर्वशीलाई तत्काल स्वर्ग वाटिकामा काव्य समारोहको व्यवस्था गर्न आदेश दिनुभयो । उर्वशी देवराजको जे आदेश भन्दै आयोजना स्थल प्रस्थान गरिन । त्यसपछि देवराजले देवकोटासँग काव्य गोष्ठीको संचालन गरिदिन अनुरोध गर्नुभयो । 

देवराजको भनाइमा कविज्यूले सहमति जनाउनु भयो । केही क्षणमै उर्वशीले आएर समारोह स्थल तयारी भएको जानकारी दिइन । देवराजले सबै कविहरुलाई सम्मानपूर्वक समारोह स्थलसम्म पुर्‍याउनु भयो । 

वाटिकाको मध्यमा ठूलो मन्च बनाइएको थियो, पूर्ण श्वेताभ । मन्चको अगाडि पट्टि श्रोताहरुका लागि विभिन्न आकृतिका कुर्सी राखिएका थिए । लेखनाथ पौड्याललाई सभाको सभापति बनाएर काव्य गोष्ठी आरम्भ भयो । सर्वप्रथम नारायण गोपालले ‘ईश्वर तैंले रचेर फेरी कसरी बिगारिस’ गीत गाएर गोष्ठीलाई गति दिनुभयो । गीतका शब्द र भाव सुनेर देवराज मुसुमुसु हाँस्नु भयो । 

निरालाले ‘वर दे वीणा वादिनी वर दे’ काव्यपाठ गर्दा साक्षात सरस्वती देवी श्रवण गर्न उपस्थित हुन आउनु भयो । ‘सरोज स्मृति’ का अन्तिम पंक्तिले ‘मुझ भाग्यहीन की तू सम्बल, युग वर्ष बाद जब हुयी विकल, दुख ही जीवन की कथा रही, क्या कहुँ आज जो नही कही ! हो इसी कर्म पर बज्रपात, यदि धर्म रहे न त सदा माथ’ माथि संचालकले टिप्पणी गर्दै भन्नुभयो, किन होला देवी सरस्वती ! पृथ्वीमा हामी तपाईका उपासकले सधै कष्टमै बाँच्नु पर्ने ? यो विधान कहिलेसम्म रहन्छ ??

कविवर पन्तले ‘कहो तुम रुपसी कौन ? व्योम से उतर रही चुपचाप, छिपी निज छाया छवि मे आप’ र ‘मिट्टी का गहरा अंधकार डुबा है उसमे एक वीज, वह खो न गया मिट्टी न बना, कोदों सरसो से क्षुद्र चीज’ पाठ गर्नुभयो ।

कवि शिरोमणि लेखनाथ पौड्याल । भन्न त नेपालमा मलाई महाकवि भने, तर उहाँका समक्ष मेरो सम्पूर्ण काव्य फिक्का छ । देवराजले कवि शिरोमणिलाई नमस्कार गरी सम्मान दिनुभयो । त्यसपछि कविज्यूले क्रमशः राहुल सांकृत्यायन, सुमित्रा नन्दन पन्त, सूर्यकान्त त्रिपाठी निराला, गोपालप्रसाद रिमाल, बालकृष्ण सम, केदारमान व्यथित, भूपि शेरचन, नारायण गोपाल, महेन्द्रविक्रम शाहसँग देवराजको परिचय गराउनु भयो । 

भूपि शेरचनबाट संचालकले श्रोता वर्गलाई अवगत गराउदै भन्नुभयो, नेपाली भाषीको जन जिब्रोमा स्थान बनाउन सफल कवि यदि लेखनाथ पौड्याल हुनुहुन्छ भने आधुनिक युगमा सबै भन्दा पपुलर कवि भूपि हुनुहुन्छ । उहाँका कविताका एक एक पंक्ति, आम नेपालीका मस्तिष्क र हृदय वेधन गर्ने कोटिका छन् । हामी बुद्धु हौ र त बुद्ध हौ, गोर्खाली गोरु खाली ।

भूपिले ‘भारी ट्रकमुनि थिचिएर मर्यो एउटा कलिलो ठिटो, हत्केला खोलेर, उसको आयुरेखा लामो थियो, लामो थियो, मेरा विगतका असफल सपना जस्तै, बाट प्रारम्भ गरेर ‘हामी’, ‘मेरो चौक’ लगायतका थुप्रै कविता सुनाए ।

राहुल सांकृत्यायनले संस्कृतमा आफ्नो मन्तव्य दिंदै जय शंकर प्रसादको अनुपस्थितीलाई सम्झिनु भयो । देवकोटालाई आफूले प्रसाद, पंंत, निरालाको संयुक्त नेपाली संस्करण भनेकोे स्मरण गर्दै उहाँले प्रसादको ‘कामायनी’ पाठ गर्नु भयो । समले देवताहरुकै माझ ‘म पनि देउता मान्छु’ भन्ने कविता वाचन गरे । 

देवकोटाले मुनामदन, शाकुन्तल, भिखारी, आदि काव्यपंक्ति सुनाउनु भयो । 

अन्तमा लेखनाथ पौड्यालले देवराजलाई काव्य गोष्ठी आयोजनका लागि धन्यवाद दिंदै ‘पिजडाको सुगा’ बाट काब्यगोष्ठी समापनको घोषणा गर्दै देवराजलाई गोष्ठीबारे मन्तव्य दिन अनुरोध गर्नु भयो । 
देवराजले सबै कविहरुलाई धन्यवाद दिंदै मुना मदन नाटक मंचनको प्रस्ताव गर्नु भयो र यसको जिम्मा समज्यूलाई बहन गरिदिन अनुरोध गर्नुभयो । भूपिले मदनको भूमिका आफूले गर्ने इच्छा प्रकट गरे लगत्तै उर्वशीले मुनाको भूमिकाका लागि आफू तयार रहेको भाव व्यक्त गरिन् । समज्यूले ‘रिर्हसल’का लागि पन्ध्र दिनको समय माग्नु भयो र त्यस पछि कुनै दिन मंचनको तिथि निर्धारण गर्ने जानकारी गराए पश्चात सभा विसर्जित भयो । 

याे पनि 

दरबार हत्या काण्डको रात

स्वर्गदेखि ठमेलको कफिसपसम्म

पशुपतिनाथमा सुनको महल, देवराजको पाहुना हुनपुगें म

‘ओह यो हो कीमिया’

महिला मित्र उनको क्लोन देवराज र म

प्लेन दुर्घटनामा मरेकी मित्र केक लिएर आइपुगिन् !

हिन्दु दर्शनमा जन्मले कोही ब्राहृमण हुँदैन्ः बुद्ध कर्मले ब्राहृमण बनेका हुन्

समय के हो, के घडीले देखाउने समय गति सापेक्ष हो

यहाँ मृत्यु पनि कति जीवन्त !

पूनर्जन्म हुन्छ वा हुन्न, दुबै अवधारणाले जीवनमा स्वतन्त्रता दिन्छ