तीन सञ्चारकर्मीद्वारा ४० जना विद्यार्थीहरूलाई करिब ७० हजार मूल्य बराबर

तीन सञ्चारकर्मीद्वारा ४० जना विद्यार्थीहरूलाई करिब ७० हजार मूल्य बराबर

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १२, २०७८

पाँचथर ।  सञ्चारकर्मी मौसम तुम्बाहाम्फे, सुनिता खजुम र संगिता सुहाङले  पाँचथरका २ वटा विद्यालयका विद्यार्थीहरुलाई सहयोग वितरण गरेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको गढी माविका  दृष्टिविहीन विद्यार्थी र जिल्लाको कुम्मायक गाउँपालिका–४ मा रहेको सिँहवाहिनी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर उनीहरूले सहयोग वितरण गरेका हुन्  ।

गढी माविका १५ जना दृष्टिविहीन विद्यार्थी र सिँहवाहिनी आधारभूत विद्यालयका ४० जना विद्यार्थीहरुलाई करिब ७० हजार मूल्य बराबरको विद्यालय पोसाक (स्विटर, टाई) प्रदान गरिएको सहयोगकर्ता मौसम सम्बाहाम्फले जानकारी दिइन्  । 

बुधवार विद्यालयमा एक समारोहको आयोजना गरी सहयोग प्रदान गरिएको बत्ताइएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षकहरूको उपस्थिति रहेको थियो । 
आफैले कक्षा ५ सम्म अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ सहयोग गर्न पाउँदा खुसी लागेको सम्बाहाम्फेले बत्ताइन् ।उनीहरू स्थानीय रेडियोमा कार्यरत सञ्चारकर्मी हुन् ।