बुद्धकालीनस्थल रामग्राम र पण्डितपुरको संरक्षण र विकासमा स्थानीय सरकारको चासो

बुद्धकालीनस्थल रामग्राम र पण्डितपुरको संरक्षण र विकासमा स्थानीय सरकारको चासो

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७६

काठमाडौँ । बुद्धसँगसम्बन्धीत पश्चिम नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । पश्चिम नवलपरासीको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र सरावल गाउँपालिका क्षेत्रमा बुद्धकालीन स्थल रहेका छन् । 

आज २५६३ औँ बुद्ध जयन्तीको अवसरमा सो क्षेत्रका स्थानीय तह र विभिन्न सङ्घ संस्थाले आआफ्नो हिसाबले विभिन्न कार्यक्रम आयोजना गरेर सम्झने  गरेका छन्न् । तर पश्चिम नवलपरासीमा सबैभन्दा महत्त्वपूर्ण स्थल गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम नगरपालिका–७ उजैनीमा रामग्राम स्तुप रहेको छ । यसै गरी रामग्राम नगरपालिका–१८ बन्जरियामा  गौतमबुद्धको मावली स्थल पण्डितपुर रहेको छन् । रामग्राम र पण्डितपुर दुवै स्थानमा कार्यक्रम आयोजना गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभएको छ । 

यसै गरी सुनवल नगरपालिका–७ तरगौलीमा बौद्धकालीन ताल रहेको छ । बर्दघाट नगरपालिकाको जहदामा पनि बुद्धकालीन ताल अवस्थित रहेको छ। त्यसै गरी सरावल गाउँपालिका–२ जाबामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोल वृक्ष ९रूख० समेत रहेको  मानिन्छ । सो स्थलमा समेत बुद्धको मूर्ती स्थापनालगायतका कार्यक्रम आयोजना गरिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले दिनुभएको छ । 

उजैनी बुद्धको अस्तु धातु रहेको विश्वकै एक मात्र स्थलका रूपमा मानिन्छ । यस स्थलमा वर्षौँअघि उत्खननको क्रममा विभिन्न बुद्धकालीन सामग्री फेला समेत परेको थियो । पण्डितपुर गाउँमा गौतमबुद्धको मावली स्थल रहेको छ । यस ठाउँमा बुद्धकालीन इँटा, माटाका भाँडाकुँडालगायत विभिन्न भग्नावशेष भेटिइसकेको छन् । रामग्राम र पण्डितपुर दुवै स्थलमा प्रदेश सरकारले विशेष महत्त्व दिएर विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्याय जानकारी दिनुभएको छ ।  

यस्तै गौतम बुद्ध मावली स्थल पण्डितपुर मावलीमा आउँदा तरगौलीमा रहेको  तालमा स्नान गर्ने गरेको भनाई रहेको छ । । तालसँगै एउटा पुरानो बौद्धकालीन मन्दिरसमेत रहेको छ ।  

यसै गरी जाबामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोल वृक्ष ९रूख० रहेको छ । विश्वकै लोपोन्मुख यो प्रजातिको रूख यसै क्षेत्रमा सुरक्षित छ । यो वृक्ष बुद्धकालीन युगमा जडीबुटीका रूपमा प्रयोगमा ल्ययााइएको भन्ने कुरा बौद्ध चर्या भन्ने पुस्तकमा उल्लेख गरिएको छ ।  कोल वृक्ष भएकै कारणले पनि ऐतिहासिक जाबा कोटही मन्दिर गौतमबुद्धसँग सम्बन्धित रहेको क्षेत्र मानिन्छ ।  पश्चिम नवलपरासीमा रहेको रामग्राम स्तुप, पण्डितपुर, ताल र बौद्धकालीन कोल वृक्ष क्षेत्र लगायतको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाएर आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने सरोकारावालाहरुको माग रहँदै आएको कुरा राससको समाचारमा उल्लेख गरिएको छ ।