संसारको सबैभन्दा धनी बिरालोको मृत्यु

संसारको सबैभन्दा धनी बिरालोको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको न्युयोर्कमा संसारको सबैभन्दा धनी बिरालोको रुपमा चिनिएको ग्रुंपीको निधन भएको छ । ग्रुंपी १०० मिलियन डलरको मालिक्नी थिई । उसको निधनमा सामाजिक संजालमा समेत शोक व्यक्त गरिएको छ । शुक्रवार उक्त बिरालोको निधनको घोषणा मालिक तबाथा बुंडेसनले गरेका थिए । बुंडेसनका अनुसार बिरालको मृत्यु युरिन इंफेक्सनका कारण भएको थियो । 

स्थानीय मिडियाका अनुसार ग्रुंपी नाक र मुख बिगार्न तथा आँखी भौं हल्लाउन माहिर बिरालोको रुपमा चिनिन्थ्यो । उसको नाममा संसारमा धेरै बिकेको किताबको श्रृंखला पनि छ । साथै ग्रुंपीको नाममा एउटा फिल्म पनि बनेको छ । 

चर्चामा ल्याउनका लागि सन् २०१२ मा ग्रुंपीलाई गोली हानिएको एउटा युट्युब भिडियो बनाइएको थियो जसलाई १५.७ मिलियन पटक हेरिएको थियो । 

बुंडेसन परिवारले बिरालोको निधनको खबर सामाजिक संजालमा राखेपछि थुप्रै शोक सन्देश आएका थिए ।