पुलिसलाई बास्केट बलकाे उपाधि

पुलिसलाई बास्केट बलकाे उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १२, २०७८

काठमाडौँ । रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले बिहीबार लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिताको महिला तर्फको उपाधि जितेको छ ।

पुलिसको जितमा अनुसा मल्लले सर्वाधिक १९ स्कोर गरिन् । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा अपराजित रहँदै दुवै टोली फाइनलमा पुगेको थियाे । 

पहिलो क्वाटरमा ८–८ स्कोरको बराबरी खेलेको पुलिसले दोस्रो क्वाटरमा १५–२० स्कोरले रोयलभन्दा पछि रह्यो । तेस्रो क्वाटरमा १४–११ स्कोर गरेको पुलिसले चौथो क्वाटरमा १०–१५ को स्कोर बनायो ।

दुवै टोलीले चार क्वाटरमा समान दुई क्वाटर आफ्नो पक्षमा पारे पनि अन्तिममा सबै क्वाटरको स्कोर जोड्दा पुलिस र रोयलको ५२–४९ स्कोर रह्यो। 

२ फागुनदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ १३ टोलीको सहभागिता थियो ।

बिहीबारै हुने पुरुषतर्फको फाइनलमा टाइम्स बास्केटबल एकेडेमी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।