गल्तीले ५००० डलरको वाइन दिएपछि

गल्तीले ५००० डलरको वाइन दिएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७६

काठमाडौं, एजेन्सी । बेलायतको म्यानचेष्टर शहरको एक बारमा ग्राहकले २९० डलरको वाइन अर्डर गरेका थिए । तर महिला वेटरले उक्त ग्राहकलाई गल्तीले उसलाई ५००० डलरको वाइन सर्भ गरिदिइन । 

उक्त ग्राहकले वाइन पिए पनि यसका बारेमा थाहा पाएनन् । तर, यसका बारेमा बार मालिकले जानकारी पाए पनि कर्मचारीलाई माफ गरिदिए । 

बार मालिकले यस घटनाका बारेमा ट्वीटरमा उल्लेख गरे । कर्मचारीलाई कारवाही गरिनुपर्ने आशयका थुप्रै कमेन्ट आएपनि बार मालिकले दुबै बोतल हेर्दा उस्तै देखिने भएका कारण कर्मचारी झुक्किएको बताए । 

बार मालिकको यो ट्वीटलाई २५००० लाइक प्राप्त भएको थियो ।

बार मालिकले कर्मचारीका बारेमा भने, कर्मचारीका रुपमा हामी तिमीलाई प्रेम गरिरहनेछौं । एक पटकलाई हामीले यो गलतीलाई माफ गरिदिएका र्छौ तर दोस्रोपटक भने यस्तो गल्ती दोहोरिनु भएन ।