बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी विश्वनाथ अधिकारी प्रहरी खोरमा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी विश्वनाथ अधिकारी प्रहरी खोरमा

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १३, २०७८

काठमाडौँ ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका(२ बस्ने ३८ वर्षीय विश्वनाथ अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ कात्तिक २९ गतेको फैसलाले १० दिन कैद र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

 विश्वनाथले २०७६ र २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी आफ्नो नेपाल बैंक लि. न्यूरोडको बैंक खाताबाट रकम भुक्तान हुने भनि पीडितलाई झुक्यानमा पारी चेकहरू दिएको र भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।