ध्रुवनारायणले ल्याए ‘तृष्णामा अल्झिएको जीवन’ र ‘जीवन एक : यात्रा अनेक’

ध्रुवनारायणले ल्याए ‘तृष्णामा अल्झिएको जीवन’ र ‘जीवन एक : यात्रा अनेक’

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन १३, २०७८

कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेंको ‘तृष्णामा अल्झिएको जीवन’ लेखसङ्ग्रह र ‘जीवन एक : यात्रा अनेक’ कवितासङ्ग्रह विमोचन गरिएको छ । 

ती कृतिहरू संस्कृतिविद् तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विमोचन गर्नुभएको हो ।  कार्यक्रममा प्रमुख अतिथि गुरुङले दुवै पुस्तक पठनीय रहेको बताए ।

एक फरक प्रसंगमा नेवाः समुदायमाथ विभिन्न किसिमले आक्रमण र अतिक्रमण हुनु दुखद् भएकाले नेवाः समुदाय एक हुनुपर्नेममा जोड दिए । कार्यक्रममा अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक एवं साहित्यकार सूर्यप्रसाद लाकोजूले विमोचित कृतिबारे आफ्नो धारणा राख्दै कृति मार्मिक भएको बताए ।

सोही अवसरमा उनले कवि जोन्छेंको विवाहको ४८औँ वर्षगाँठको अवसरसमेत भएको उल्लेख गर्दै अक्षरमार्गको तर्फबाट कदरपत्रसमेत प्रदान गरे । २०४४ सालदेखि २०६७ सालसम्म सरकारी सेवा कार्यरत जोन्छेले ३१औँ शिक्षा दिवसको अवसरमा शिक्षा पदकसमेत पाइसकेका छन् । 

लेखक जोन्छेंले निकै भावुक भएर आफूले जीवनमा भोगेका अनुभवहरू सुनाए । कवि ध्रुव मधिकर्मीले स्रष्टाको कृतिबारे बोले । तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, गीता दहाल, पवन वनेपाली, जयदेश श्रेष्ठ, बटुककृष्ण पौडेललगायतले स्रष्टा जोन्छेंलाई शब्दमार्फत शुभकामना दिएका थिए ।