सरकारी कर्मचारीको नाम कुकुरलाई दिएपछि

सरकारी कर्मचारीको नाम कुकुरलाई दिएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७६

काठमाण्डौं, एजेन्सी । चीनको अनहुई प्रान्त निवासी ३१ वर्षीय बैनले आफ्नो कुकुरलाई सरकारी कर्मचारीको नाम दिएका छन् । सरकारी कर्मचारीको नाम आफ्नो कुकुरलाई दिएपछि उनको हैरानी भने बढेको छ । 

बैनले आफ्नो कुकुरको नाम चेंगगुआन र शेगुआन राखेका थिए । स्थानीय मिडियाका अनुसार चेंगगुआन शहरी क्षेत्रमा हुने साना अपराध नियन्त्रण गर्ने प्रहरी अधिकारीको नाम हो । शिगुआन भने सामुदायीक कार्यकर्ता हुन । 

चीनमा घरपालुवा जनावरको नाम सरकारी कर्मचारीको नाममा राख्नु गैरकानूनी मानिन्छ । यसलाई गम्भीर अपराध मानेर यिंगझोउ पुलिस प्रशासनले बैनलाई गिरफ्तार गरेको हो । 

सरकारी कर्मचारीको नाम दिएका कारण बैनले प्रशासनिक डिटेंनसन सेन्टरमा १० दिन गुजार्नु पर्ने भएको छ । पब्लिक सेक्युरिटीसँग सम्बन्धित प्रावधानका अनुसार उनलाई १० दिन हिरासतमा नै राखिने छ । 

बैन कुकुरका छाउरा उत्पादन गरी बिक्री गर्ने साना व्यवसायी हुन । उनले वीच्याटमा कुकुरको नाम पोष्ट गरेपछि उनलाई पुलिसले चौकीमा बोलाएर गिरफ्तार गरेको थियो ।