अम्बर गुरुङको ८४ औँ जन्म जयन्ती: दशभन्दा बढी गीतहरूको बृन्दवादन माध्यमबाट प्रस्तुति

अम्बर गुरुङको ८४ औँ जन्म जयन्ती: दशभन्दा बढी गीतहरूको बृन्दवादन माध्यमबाट प्रस्तुति

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १४, २०७८

काठमाडौँ । संगीत महर्षि अम्बर गुरुङको ८४ औँ जन्म जयन्ती स्व. गुरुङद्वारा रचित, संगीतबद्ध एवं स्वरबद्ध दशभन्दा बढी गीतहरूको बृन्दवादन (भायलन)का माध्यमबाट प्रस्तुति गरिएको छ । 

अन्नपूर्ण च्यामबर अर्केष्ट्रा नेपालले तलेजु धनकुमारी कोषको आयोजनामा ललितपुरको लामाटार मार्ग स्थित युनाइटेट एकेडेमीमा शनिवार आयोजित कार्यक्रममा करिब तीन दर्जन कलाकारबाट बृन्दवादनको माध्यमबाट प्रस्तुति गरिएको थियो ।

अन्नपूर्ण च्यामबर अर्केष्ट्रा नेपालका अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख निर्देशनमा गरिएको कार्यक्रममा राष्ट्रिय गानका अलावा अगमसिं गिरीको रचना  रहेकाे गीत नौ लाख तारा उदाए, अम्बर गुरुङको रचना  र गयान  रहेको गतिहरु  तिम्रो पहाड गाउँ, म अम्बर हुँ तिमी धर्ती, तिमी भुलमा पर्‍यौ, किरण खरेलको रचना र प्रेम ध्वज प्रधानको गायन रहेको हाँस्ने रहरहरूमा प्रस्तुति दिइएको थियो ।

त्यसैगरी इन्द्र थपलियाको रचना र अम्बर गुरुङको गायन रहेको डाँडा पारी हिउँ परेछ, वैरागी काइँलाको रचना र अम्बर गुरुङको गायन रहेको आए सबै याद आए र गोपालप्रसाद रिमालको रचना र अम्बर गुरुङ र फत्तेमाको गायन रहेको रातो र चन्द्र सूर्य लगायतका गीतहरूको प्रस्तुति दिइएको थियो ।