समाजवादी पेसागत कानुन व्यवसायी संगठनमा देवेन्द्र सुवेदी

समाजवादी पेसागत कानुन व्यवसायी संगठनमा देवेन्द्र सुवेदी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७८

 काठमाडौँ  ।  नेकपा (एकीकृत समाजवादी) मा आबद्ध वकिलहरूले समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठन (एसपिएलए) गठन गरेका छन् । शनिवार भएको राष्ट्रिय भेलाले देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

पार्टी विभाजन लगत्तै अरु सङ्गठनहरू विभाजन भए पनि वकिलहरूको सङ्गठन भने विभाजन नगर्ने भनी एसपिएलए गठन गरिएको अधिवक्ता रामकुमार खतिवडाले जानकारी दिए ।

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भएको भेलाले एसपिएलएको वरिष्ठ उपाध्यक्षमा दुर्गा मोहन श्रेष्ठलाई चयन गरेको छ भने उपाध्यक्षहरूमा विष्णुहरि सापकोटा, श्यामानन्द चौधरी, प्रमोद शाह, विष्णुप्रसाद सापकोटा लगायत छन् ।

 त्यस्तै महासचिवमा अम्बरबहादुर राउत चयन भएका छन् भने सचिवहरूमा गोपाल श्रेष्ठ, गुनराज आचार्य, विजय बस्नेत, शिव भुजेल, बुद्धिप्रसाद खरेल लगायत छन् । समितिको कोेषाअध्यक्षमा नारायणप्रसाद पराजुली चयन भएका छन् । 

आउँदो चैत १९ गते हुने नेपाल बारको चुनावलाई प्रभावित पार्ने गरी एसपिएलएले सङ्गठन विस्तारलाई तीव्रता दिने तयारी गरेको छ । राष्ट्रिय भेलामा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापाले पनि एसपिएलएलाई साथ दिएका छन् ।