नेपाली  कांग्रेसका सांसदलाई ह्विपः दुई घण्टाअघि नै संसद भवन पुग्नु

नेपाली  कांग्रेसका सांसदलाई ह्विपः दुई घण्टाअघि नै संसद भवन पुग्नु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७८

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई आइतबार बिहान ११ बजेभित्रै संसद भवनमा पुग्न निर्देशन दिएको थियो । तर, अहिले पनि सांसदहरू आउने क्रम चलिरहेको छ । 

आइतबार दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुनु दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन ह्विप जारी गरेको हो । निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन् । 

संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको सांसद लक्ष्मी परियारले जानकारी दिइन् ।