सुनको मूल्य ताेलामा १ हजार ४०० रुपैयाँले घट्यो

सुनको मूल्य ताेलामा १ हजार ४०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १५, २०७८

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार  प्रतितोलमा १ हजार ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।