'म आज प्रहरी सामु उपस्थित हुन्छु'

'म आज प्रहरी सामु उपस्थित हुन्छु'

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १५, २०७८

यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरी सामु उपस्थित हुने बताएका छन् । एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाहले कानुनलाई सम्मान गर्दै आइतबार प्रहरी सामु उपस्थित हुने बताएका हुन् । 

आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारदेखि रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरी समक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका शाहले आइतबार प्रहरी समक्ष उपस्थित हुने बताएका हुन् । 

आइतबार आधिकारिक आफ्नो फेसबुक पेजमा शाहले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनुपरेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरी सामु उपस्थित हुन नसकेकामा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफैँ उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’