अन्ततः सत्ता गठबन्धनले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने, माओवादीमा असहमति

अन्ततः सत्ता गठबन्धनले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने, माओवादीमा असहमति

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७८

काठमाडौँ ।  ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना अनुमोदन  गर्ने गठबन्धनमा सहमति भएको बताए । 

यसअघि एमसीसीबारे गठबन्धनमा विवाद हुँदै आएकोमा व्याख्यात्मक टिप्पणीबारेको सहमति जुटेको हो । यससँगै संसदबाट एमसीसी आजै अनुमोदन  गर्ने तयारी भएको छ ।

यसैबीच  (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् । 

पार्टीको निर्णयपछि सँग कुरा गर्दै  एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए ।  एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ । 

सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे ।  व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले न्युज कारखानासँग बताए ।