नेकपा एसको स्थायी कमिटी बैठक जारी

नेकपा एसको स्थायी कमिटी बैठक जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७८

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ । 

नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र २ धार देखिएको छ । 

अध्यक्ष माधवकुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । 

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि साझा धारणा बनाउन बैठक डाकिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।