अभिनेता पल शाहले गरे आत्मसमर्पण

अभिनेता पल शाहले गरे आत्मसमर्पण

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन १५, २०७८

नाबालिग बलात्कार आराेपी अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ४ दिनअघि बलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमा थिए ।

यसैबीच जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् ।तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे । `उनी हामीसँगै छन् । अनुसन्धान अघि बढेकाे छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छाैँ,´ खड्काले भने । 

प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेकाे आराेपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् ।