अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक

अझै सुरु हुन सकेन कार्यव्यवस्था परामर्श समिति बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७८

प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । 

आइतबार बिहान ११ बजेका लागि बोलाइएको समिति बैठक सवा १ बजिसक्दा पनि सुरु हुन नसकेको हो । 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बोलाइएको परामर्श समितिको बैठक बस्न दलका नेताहरू आआफ्नै दलको बैठकमा व्यस्त रहेकाले ढिलाइ भएको सभामुख सचिवालयले जानकारी दिएको छ ।