इनरुवामा डिशहोम फाइबरनेटको सह–वितरण सोरुमको समुद्घाटन

इनरुवामा डिशहोम फाइबरनेटको सह–वितरण सोरुमको समुद्घाटन

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १५, २०७८

काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले इनरुवामा पनि सह–वितरण स्वरुमको शुभारम्भ गरेको छ ।

फागुन १४ गते देखी डिशहोम फाइबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको संचालन खुस्बु इन्टरप्राइजेज गर्नेछ । 

स्वरुम समुद्घाटन, डिशहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्री प्रबन्धक बिपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जिवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थितिमा सम्पन्न भएको थियो।

खुस्बु इन्टरप्राइजेज विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरूमाझ पुर्‍याउँदै आएकोले अव डिशहोम फाइबर नेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ । 

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबर नेटको सेवा उपलब्ध गराइसकेको खुस्बु इन्टरप्राइजेज अव अझ बढी ग्राहकहरुको  माझ पुग्नको लक्ष्यका साथ काम गर्ने खुस्बु इन्टरप्राइजेज संचालक सन्दीप क्षेत्री र जिवन श्रेष्ठले जानकारी दिनुभयो ।