नेपालमै भारतीयको घेरामा सांसद !

नेपालमै भारतीयको घेरामा सांसद !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

बाँके । नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला पर्‍यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

यो घटना शुक्रबार साढे चार बजेतिरको थियो । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका र केही स्थानीयले विश्वकर्मा निर्दोष रहेको भन्दै प्रदर्शन शुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो ।

साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्किने क्रममा नरैनापुरमा आइपुग्नुभएको थियो । प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उहाँलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाबमूलक अनुरोध गरे । ‘के रहेछ भनेर बुझ्न’ उहाँ प्रहरीचौकी जानुभयो । आजको नेपाल समाचारपत्र दैनिकमा यो समाचार छ ।