‘ज्याभलिङ थ्रो’ खेल अभ्यासका क्रममा घाइते बालकको उपचारका क्रममा मृत्यु

‘ज्याभलिङ थ्रो’ खेल अभ्यासका क्रममा घाइते बालकको उपचारका क्रममा मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७८

पाँचथर ।‘ज्याभलिङ थ्रो’ खेलको अभ्यासका क्रममा कन्चटमा चोट लागेर घाइते भएका पाँचथरको फालेलुङ गाउँपालिका २ का एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारका क्रममा अनुसारको आज बिहान निधन भएको हो ।

मृत्यु हुनेमा फालेलुङ २ का ११ वर्षीय अनुस राई रहेका छन् । उनी सिद्ध काली माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत हुन् । सोही विद्यालयको कक्षा ११ का विद्यार्थीले खेल अभ्यास गर्ने क्रममा ज्याभलिङ थ्रोले अनुस राईको कन्चटमा लागेको थियो ।

गम्भीर घाइते भएपछि उपचारका लागि आइतबार नै झापाको बिर्तामोडस्थित विएण्डसी अस्पताल पुर्‍याइएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि विद्यालयमा विद्यार्थीहरूले ज्याभलिङ थ्रोको अभ्यास गर्ने क्रममा उनलाई  कन्चटमा लागेको थियो ।