सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १६, २०७८

सुनको भाउ सोमबार  प्रतितोलामा १ हजार ६०० रुपैयाँको दरले बढेको छ  ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
 
यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ३४० रुपैयाँमा  निर्धारण गरिएकाे छ ।