रुस–युक्रेन संकट: राष्ट्रपति पुटिनको आणविक शक्तिलाई ‘स्पेशल अलर्ट’ले निम्त्याउन लागेको बिनाश

रुस–युक्रेन संकट: राष्ट्रपति पुटिनको आणविक शक्तिलाई ‘स्पेशल अलर्ट’ले निम्त्याउन लागेको बिनाश

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन १७, २०७८

युक्रेनमा जारी संकटबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई ‘स्पेशल अलर्ट’ मा राख्न आदेश दिएका छन् । युक्रेनमाथि रुसको आक्रमणलगत्तै पश्चिमा देशले युक्रेनलाई सैनिक पठाएर सहयोग नगरे पनि अत्याधुनिक हतियार दिइरहेका छन् ।

यसबाट रुसविरुद्ध पश्चिमा शक्तिका हतियार भने प्रयोग भएका छन् । उनीहरुले रुसमाथि विभिन्न कारबाहीका साथै हतियार समेत दिएपछि रुष्ट रुसले आफ्नो सेनालाई आणविक शक्तिलाई समेत 'अलर्ट' रहन निर्देशन दिएका छन् । पुटिनले आफ्ना रक्षा प्रमुखसँग पश्चिमाको आक्रामक भनाईका कारण यस्तो गर्नु जरुरी भएको बताएका छन् । 

उनको यो घोषणाको अर्थ उनले अहिले नै परमाणु हतियारको प्रयोग गर्छन् भन्ने नभए पनि यसले फेरि एक पटक परमाणु हतियारको बहस भने छेडिएको छ । शीतयुद्धपछि परमाणु हतियारको भण्डारणमा धेरै कमी आएको छ । तर अझै पनि संसारमा धेरै परमाणु हतियार छन्, जसलाई छोटो समयमा प्रयोगमा ल्याउन सकिन्छ र यसले ठूलो बिनाश निम्त्याउने निश्चित छ । 

यी ५ देशभन्दा अन्य सबै देशलाई परमाणु हतियार निर्माणमा पनि रोक लगाइएको छ । यस सन्धिपछि अमेरिका, बेलायत र रुसले आफ्ना हतियारमा कटौती पनि गरेका थिए । तर फ्रान्स र इजरायलका हतियार जस्ताको तस्तै रहेका थिए । यस्तै भारत, पाकिस्तान, चीन र उत्तर कोरियाले आफ्ना हथियार बढाउँदै लगेको फेडेरेसन अफ अमेरिकन साइन्टिस्टले उल्लेख गरेको छ । 

के हो परमाणु हतियार ? 

परमाणु हतियार धेरै शक्तिशाली विस्फोटक अर्थात् बम हुन् । यी बमको शक्ति या त परमाणुका न्युक्लियर कण जोड्ने या टुक्रने प्रक्रियाबाट उत्पन्न हुन्छ । जसलाई विज्ञानको भाषामा फ्युजन वा फिसन भनिन्छ । परमाणु हतियारको प्रयोगले ठूलो मात्रामा रेडिएशन वा विकिरण पैदा गर्छ । त्यसकारण यसको असर विस्फोटपछि लामो समयसम्म रहन सक्छ । 

परमाणु हतियारको प्रयोग

संसारमा अहिलेसम्म दुई पटक परमाणु बमको प्रयोग भयो र यसले ठूलो नोक्सानी पुर्‍यायो । आजभन्दा ७७ वर्षअघि अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा दुई वटा परमाणु बम खसाएको थियो । ६ अगस्टमा अमेरिकाले हिरोसिमा र ९ अगस्ट, १९४५ मा नागासाकीमा परमाणु बम खसाएको थियो । जसबाट हिरोसिमामा ८० हजार र नागासाकीमा ७० हजार मानिसको मृत्यु भएको अनुमान गरिन्छ । 

कोसँग छ परमाणु हतियार ?

संसारका ९ वटा देशसँग यतिबेला परमाणु हतियार छ । हाल अमेरिका, बेलायत, रुस, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग परमाणु हतियार छन् । कोसँग कति परमाणु हतियार छन् भनेर कसैले पनि खुलेर भन्दैन । तर शक्तिशाली देशका सेनासँग ९ हजारभन्दा बढी परमाणु हतियार छन् ।

स्वीडेनस्थित थिंकट्यांक स्कटहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (सिप्री) ले गत वर्ष आफ्नो रिपोर्ट सार्वजनिक गरेको थियो । जसअनुसार २०२० को सुरुमा यी ९ देशसँग १३ हजार ४०० परमाणु हतियार थिए र तिनीहरुमध्ये ३ हजार ७२० वटा उनीहरुको सेनासँग थिए । सिप्रीका अनुसार यिनीहरुमध्ये करिब १ हजार ८०० हतियार हाई अलर्टमा राखिएका छन् । अर्थात् यिनीहरु आवश्यकता पर्ने बित्तिकै तत्काल प्रहार गर्न सकिन्छ । यी हतियारमा अधिकांश अमेरिका र रुससँग छन् ।

सिप्रीको रिपोर्टअनुसार अमेरिकासँग २०२० सम्म ५ हजार ८०० र रुससँग ६ हजार ३७५ परमाणु हतियार थिए । यस्तै दक्षिण एसियामा भारतभन्दा चीन र पाकिस्तान परमाणु हतियारमा अघि छन् । रिपोर्ट अनुसार २०२१ सम्म भारतसँग १५० परमाणु हतियार थिए भने पाकिस्तानसँग १६० र चीनसँग ३२० परमाणु हतियार थिए । 

किन ९ देशसँग मात्रै छन् परमाणु हतियार

सन् १९७० मा १९० देशबीच परमाणु हतियारको संख्या सीमित गर्ने एक सन्धिमा हस्ताक्षर भएर लागू भएको थियो । जसलाई परमाणु अप्रसार सन्धि भनिन्छ । अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन यसमा छने । पाकिस्तान, भारत र इजरायलले यसमाथि हस्ताक्षर गरेनन् र उत्तर कोरिया २००३ मा यो सन्धिबाट बाहिर निस्किएको छ । यो सन्धिअनुसार केबल ५ देशलाई परमाणु हतियार सम्पन्न देश मानिन्छ । जसले सन्धि अस्तित्वमा आउनुभन्दा अघि सने १९६७ अघि नै परमाणु हतियारको परीक्षण गरिसकेका थिए । जसमा अमेरिका, रुस, फ्रान्स, बेलायत र चीन रहेका छन् ।

सन्धिमा सधैंका लागि यी देशले हतियार संग्रह गरेर नराखी कम गर्दै लैजाने संकल्प गरेका छन् । यी ५ देशभन्दा अन्य सबै देशलाई परमाणु हतियार निर्माणमा पनि रोक लगाइएको छ । यस सन्धिपछि अमेरिका, बेलायत र रुसले आफ्ना हतियारमा कटौती पनि गरेका थिए । तर फ्रान्स र इजरायलका हतियार जस्ताको तस्तै रहेका थिए । यस्तै भारत, पाकिस्तान, चीन र उत्तर कोरियाले आफ्ना हथियार बढाउँदै लगेको फेडेरेसन अफ अमेरिकन साइन्टिस्टले उल्लेख गरेको छ ।