सुन ६०० रुपैयाँले घट्यो

सुन ६०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १७, २०७८

सुनको भाउ मंगलबार  प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँको दरले घटेको छ । सोमबार १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ३३५ रुपैयाँ  निर्धारण भएको छ ।