एनएसएल दोस्रो संस्करण: २४२ खेलाडी अक्सनमा

एनएसएल दोस्रो संस्करण: २४२ खेलाडी अक्सनमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १७, २०७८

चैत अन्तिम सातादेखि सुरु हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अक्सनका लागि २४२ खेलाडी छानिएका छन् ।

शुक्रबार हुने अक्सनका लागि छनोट भएका २४२ खेलाडीलाई आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले ३ क्याटागोरीमा छुट्याएको छ ।

त्यसमध्ये क्याटागोरी ‘ए’मा ४० खेलाडी छन् भने ‘बी’ र ‘सी’मा समान १०१ खेलाडी छन् । एनएसएलको दोस्रो संस्करण २६ चैतदेखि ८ वैशाखसम्म हुने तालिका छ ।

आयोजकले यस संस्करणमा ३ टोली थप गर्दै सहभागी क्लब संख्या १० पुर्‍याएको छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो । यस सिजन स्पोर्टिङ इलाम मेची, झापा एफसी र वीरगंंज युनाइटेड थपिएका हुन् ।

गत सिजन विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थन्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए ।प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।