युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३औँ वार्षिकोत्सव केक काटेर मनायो

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३औँ वार्षिकोत्सव केक काटेर मनायो

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १९, २०७८

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आफ्नो १३औँ वार्षिकोत्सव कार्यक्रम  कोषको कार्यालय, अनामनगर, काठमाडौँमा एक समारोहबीच केक काटेर   मनाएको छ । 

युवाहरूको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान बेरोजगारी समस्याको समाधानका लागि बेरोजगार युवाहरूलाई स्वरोजगारका अवसरहरू सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ अनुसार २०६५ सालमा यो कोसको  स्थापना गरिएको  थियो  ।

कोषले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट रकम प्राप्त गरी परिचालन गर्न सक्ने कोषको नियमावलीमा व्यवस्था गरिएको छ । कोषले पुँजीको अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० वर्ष उमेरका युवा तथा साना ब्यबसायीहरुलाई बिना धितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको कोसले उक्त अवसरमा जानकारी  दिएको छ । 

आर्थिक रूपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु सीमान्तकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति द्वन्द्व पीडित, पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसानलाई, परम्परागत सीप भएका युवाहरूलाई स्वरोजगार कार्यक्रम संचालन गर्न कर्जा उपलब्ध गराई आर्य आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउने,  पुँजीको अभावमा पलायन हुने शिक्षित तथा अर्धशिक्षित बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने,  व्यावसायिक खेती, पशुपन्छी पालन, कृषि तथा वनजन्य उद्योग, पर्यटन घर वास तथा रत्न पत्थरसम्बन्धी बेरोजगार मूलक तालिम प्रदान गर्ने, सम्बन्धित क्षेत्रमै खपत हुने स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजनामार्फत हुने उत्पादनलाई प्राथमिकता दिने, र  ' एक गाउँ एक उत्पादन' एवं ' एक सहकारी एक मुख्य चिनारी'  सम्बन्धी परियोजनामा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कोसको स्थापना गरिएको हो । 

उल्लेखित लक्ष्य हासिल गर्न कोषले नियमित स्वरोजगार कार्यक्रम, भेरी कर्णाली इकोनोमिक कोरिडोर कार्यक्रम,  सहकार्यमा आधारित साझेदारी कार्यक्रम, काठमाडौँ उपत्यका स्वरोजगार कार्यक्रम,  कोसी इकोनोमिक कोरिडोर कार्यक्रम र  तराई- मधेस स्वरोजगार कार्यक्रम सञ्चालन गरेको कोषका कार्यकारी उपाध्यक्ष देवराज राेका (कल्यान)  ले जानकारी दिनु भएको छ । 

कोषको पौष मसान्त सम्मको प्रगति  विवरण  समेत उक्त समारोहमा दिइएको थियो ।  जो यस प्रकार रहेको छ ।