योगेश कुमार विष्टको ’आमा’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

योगेश कुमार विष्टको ’आमा’ बोलको  म्युजिक भिडियो सार्वजनिक  (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २०, २०७८

काठमाडौँ । गीतकार तथा रचनाकार योगेश कुमार विष्टको ’आमा’ बोलको लिरिकल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

२०७८ फागुन १८ गते बुधवार वाइकेबी  डिजिटल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

’आमा’ बोलको  गीत अत्यन्तै भावुकताले भरिएको शब्दहरू कोरिएको छ । उक्त मार्मिक गीतमा स्वर तथा शब्द योगेश कुमार विष्टको छ । राम सिटौलाको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

गीतकार समेत रहेका विष्ट प्रभु ग्रुपमा कार्यरत छन् । उनले हालसम्म आधा दर्जन भन्दा बढी गीत रचना गरेका छन् । विष्टका परदेशी सुवा, मनकली,वाटुली तथा ड्राईवर जस्ता गीतहरू चाडै बजारमा आउन लागेकाे बिष्टले जानकारी दिएका छन् । 

 जसमध्ये हाल तीन भन्दा बढी गीत रेकर्ड भएर बजारमा आई सकेका छन् । उनको शब्द ना चर्चित गायक प्रमोद खरेल, विष्णु भट्ट, विलाल भट्ट, अर्चना भट्ट लगायतले स्वर दिइसकेका छन् ।

गीतकार तथा रचनाकार योगेश कुमार विष्टको ’आमा’ बोलको म्युजिक भिडियो यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।