रंगीचंगी आधारशिविर

रंगीचंगी आधारशिविर

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

सोलुखुम्बु । सगरमाथा आधारशिविरमा बिहीबार निकै चहलपहल देखिन्थ्यो । कोही आरोहण गरेर भर्खरै फर्किएका थिए । उनीहरूलाई स्वागत गर्नेहरूमा उल्लास थियो । कोही आराम गरिरहेका थिए । आरोहण टोलीका केही शेर्पाहरू दोस्रो शिविरतिर जान भारी कस्दै थिए ।

वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मानिन्छ । खासगरी अंग्रेजी महिना मेको २९ भित्र आरोहण गरिसक्ने चलन छ, जुन दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए । आधार शिविरमा सयौं पाल टाँगिएका छन् ।

करिब तीन किलोमिटर टाढा गोरक्सेपदेखि आधारशिविरको रंगीचंगी पाल देख्न सकिन्छ । यस क्षेत्रमा करिब दुई हजार जना छन् । सगरमाथा आरोहणका लागि विदेशी आरोही मात्र ३६ दलका ३ सय ६६ छन् । नेपाली ६ दलका १३ जना छन् । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।