अडानको छैठौं राष्ट्रिय महाधिवेशन २०७९ जेष्ठ २० र २१ गते काठमाडौँमा

अडानको छैठौं राष्ट्रिय महाधिवेशन २०७९ जेष्ठ २० र २१ गते काठमाडौँमा

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २१, २०७८

 काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाचौं राष्ट्रिय महाधिवेशन पछिको सातौँ पूर्ण बैठक अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको  अडानले जाएको छ । 

बैठकमा देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य लगायत सल्लाहकार एवं विभिन्न समितिका संयोजक एवं सदस्यहरूको उपस्थिति थियो ।

बैठकमा महासचिव झलकमणि लम्सालले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गर्दै छैठौं राष्ट्रिय महाधिवेशनको मिति पनि तय गरेको छ ।
 
उक्त बैठकले २०७९ वैशाख १५ गते सम्म जिल्ला अधिवेशन, २०७९ जेष्ठ १० गते सम्म प्रदेश अधिवेशन सम्पन्न गरी २०७९ जेष्ठ २० र २१ गते काठमाडौँमा छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने पनि निर्णय गरेको छ । 

सो बैठकले लेखापरीक्षकहरुमाथि भए गरेका विभेदहरूको अन्त्य गर्न, देशको अर्थतन्त्रमा देखिएका समस्याहरूको समाधान, बढ्दो मूल्य वृद्धि कम गर्न तीन वटै सरकारबाट जनसरोकारका विषयमा ध्यानाकर्षण गरेको छ ।