१ लाख नाघ्यो सुनको भाउ

१ लाख नाघ्यो सुनको भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २२, २०७८

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा २ हजार रुपैयाँले बढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ । 

चाँदीको मूल्य पनि प्रतितोलामा ३५ रुपैयाँका दरले बढेको छ  । शुक्रबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।