महाअभियाेग प्रस्तावमाथि छलफल गर्न कार्यव्यवस्था परामर्श समिति बैठक

महाअभियाेग प्रस्तावमाथि छलफल गर्न कार्यव्यवस्था परामर्श समिति बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २२, २०७८

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् ।

आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल हुने स्रोतले बतायो ।

समितिले महाअभियाेग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्यसूची तय हुनेछ ।