प्रधानमन्त्री र प्रधानसेनापतिद्वारा राष्ट्रपति समक्ष प्रतिवेदन पेस

प्रधानमन्त्री र प्रधानसेनापतिद्वारा राष्ट्रपति समक्ष प्रतिवेदन पेस

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २२, २०७८

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । 

प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् । 

‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले  जानकारी दिए । 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्र्ता नभएर प्रतिवेददन बुझाउने काम मात्र भएको उनले बताए । 

‘राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको होइन,’ उनले भने, ‘प्रतिवेदन बुझाउने काम मात्र भएको हो ।’