प्रीतिले ल्याइन् 'केको शान'

प्रीतिले ल्याइन् 'केको शान'

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २३, २०७८

गायिका प्रीति कौरको नयाँ गीत ‘केको शान’ श्रोता तथा दर्शक माझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ ।

पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय छ ।

मिडिया पोर्ट प्रस्तुतकर्ता रहेको भिडियोमा अभिषेक सुवेदीको निर्देशन, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन छ ।

कार्यक्रममा गायिका कौरले ‘केको शान’सहित केही गीत प्रस्तुत गरिन् । लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको उनले बताइन् । ‘करिब ६-७ वर्षपछि स्टेजमा ब्याक भएकी छु, खुसीसँगै उत्साहित पनि छु । साथै, यहाँहरूको साथ र सहयोगको अपेक्षा पनि गरेकी छु', गायिका कौरले भनिन् ।