महिला लिग: एपीएफ र आर्मी भिड्ने

महिला लिग: एपीएफ र आर्मी भिड्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २३, २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आइतबार सार्वजनिक लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १० चैतमा हुनेछ । 

लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।

महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब गरी ३ विभागीय टोलीसहित ८ टिमको सहभागिता छ ।

विभागीयबाहेक लिगमा विराटनगर महानगरपालिका, धनगढी उपमहानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ । गत वर्ष राष्ट्रिय महिला लिगको उपाधि एपीएफ क्लबले जितेको थियो ।