नेकपा एसको पोलिटब्युरो बैठक जारी

नेकपा एसको पोलिटब्युरो बैठक जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २३, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक सुरु भएको छ । समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । 

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा २ धार छन् । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ । बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।