सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ

सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २३, २०७८

सुनको भाउ सोमबार प्रतितोलामा १ हजार १०० रुपैयाँले बढेकाे छ ।  नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १ हजार ९०० रुपैयाँमा  कारोबार भएको थियो ।
यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ५०० रुपैयाँ ताेकिएकाे छ । चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच सरकारले  सुन आयातमा कटाैती गरेकाे छ । नेपाल राष्ट्र  बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरूले यसअघि  दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।