विद्यालय पोसाकमा टिकटक बनाएको भन्दै प्रअको कुटाइबाट विद्यार्थी घाइते, उपचार हुँदै

विद्यालय पोसाकमा टिकटक बनाएको भन्दै प्रअको कुटाइबाट विद्यार्थी घाइते, उपचार हुँदै

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २३, २०७८

पाँचथर ।  पाँचथरको फाल्गुनन्द गाउँपालिकामा  प्रधानाध्यापकले विद्यार्थीलाई कुटपिट गरेका छन् । फाल्गुनन्द १ नवमिडाडा स्थित श्री सिद्ध देबि मा बि का प्रधानाध्यापक वीरेन्द्र खड्काले आइबार  विद्यालयको कक्षा १२ मा अध्ययनरत १८ वर्षीय छात्र कुसन आङ्देम्बेलाई कुटपिट गरेका हुन्   ।  

कुटपिटपछि घाइते भएका विद्यार्थीलाई अहिले समर्पित अस्पताल पाँचथरमा  भर्ना गरी उपचार भइरहेको छ । 

पालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिलको तयारीमा रहेका कुसनले प्रअ खड्काले आफूलाई आइतबार दिउँसो २ बजे तिर  बोलाएर निर्घात कुटपिट गरेको बताएका छन् । प्रअले बक्सिङ प्रयोग गरी पिटेको उनले बताएका छन् । घाइते विद्यार्थीको कानको पछाडिपट्टि गम्भीर चोट लागेको छ । पिटाई खानुको कारण थाहा नपाएको भन्दै उनी भन्छन् साथीहरू बाट बुझ्दा विद्यालयको पोसाकमा टिकटक बनाएको भन्ने सुन्न पाएको छु ।

 पीडित छात्रका बुबा अर्जुन कुमार आङ्देम्बेले बिना कारण छोराले कुटाइ खाएको भन्दै दुःख प्रकट गर्दै न्यायको माग गरेका छन् । 

घटना को विषयमा थप जानकारी लिन प्र अ वीरेन्द्र खडका लाई ९८६२६०८२५० नम्बरमा टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।