डिशहोमले 'रगतका कथाहरू' शीर्षकमा नयाँ सिरिज बनाउने सम्झौता पत्रमा हस्ताक्षर

डिशहोमले 'रगतका कथाहरू'  शीर्षकमा नयाँ  सिरिज बनाउने सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २३, २०७८

काठमाडौँ । आफ्ना ग्राहकहरूको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरूमार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू निर्माण तथा प्रसारण गर्दै आएको डिशहोमले 'रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ ।

यो सिरिजको पहिलो सिजनमा १३ शृङ्खलाहरू हुनेछन् र प्रत्येक शृङ्खलामा फरक फरक कथावस्तु समेटिने छन् ।

डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको संझौता पत्रमा डिश मिडिया नेटवर्कका तर्फ बाट प्रवन्ध निर्देशक श्री सुदीप आचार्य र लेखक/निर्देशक श्री किरण बि.क.ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

'हामी अलि फरक तरिकाको कथाहरू टिभीका दर्शकलाई दिन चाहन्थ्यौ त्यसै बेला किरण जी केही फरक कथा छन् भन्दै आउनु भयो । पटक पटकको छलफल र पहिलो एपिसोड हेरे पछि हामीले खोजे जस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछि डिशहोम दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको हो’' प्रवन्ध निर्देशक श्री सुदीप आचार्यले भन्नुभयो । यो सिरिज देशका विभिन्न ठाउँमा छायाँकंन हुने बताइएको छ ।

लेखक/निर्देशक किरण बि.क.का अनुसार ' समाजमा नभनिएका, लुकाइएका र भन्न पनि अप्ठ्यारा लाग्ने लभ सेक्स एन्ड रिलेसनका हार्डकोर कथाहरू हामी दर्शकहरूलाई देखाउनेछौँ , नेपाली टिभीका दर्शकहरूलाई यो श्रृंखलाले केही भिन्न स्वाद दिने विश्वास लिएको छु ।’ 

यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नूतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् ।  साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतमको हुनेछ ।