पानी खन्याएर पृथ्वी चिसो बनाइँदै !

पानी खन्याएर पृथ्वी चिसो बनाइँदै !
तस्बिर : शिव हम सुवेदीको फेसबुकबाट ।

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७६

काठमाडौं । जेठ सुरु भएयता गर्मी ह्वात्तै बढेको छ । जसका कारण तराईको जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सबैभन्दा बढी भैरहवामा ४०.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यस्तै, नेपालगन्जको तापक्रम पनि सोही हाराहारीमै थियो । नेपालगन्जमा ४० डिग्री सेल्सियस मापन गरिएको विभागको वेबसाइडमा उल्लेख छ ।

बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त भइरहेका बेला सामाजिक सञ्जालमा ग्लोब (पृथ्वी)माथि भारतका बाबाले पानी खन्याइरहेको तस्बिर सार्वजनिक भएको छ । पृथ्वी चिसो बनाउन पृथ्वीमाथि पानी खन्याइएको बाबाहरूले बताएका छन् । जलवायु परिवर्तनकै कारण पृथ्वीको तापक्रम बढेको भन्दै यसको न्यूनीकरणका लागि सरकारलाई दबाब दिन यो अभियान थालेको बताइएको छ ।

पृथ्वीमा बर्सेनि तापक्रम बढिरहेको वैज्ञानिक बताउँछन् । उनीहरूका अनुसार, सन् १९५० यता पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियस बढिसकेको छ ।