नेस्डो लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

नेस्डो लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २४, २०७८

नेस्डो समृद्ध लघुवित्तको आईपीओ आज मंगलबार बाँडफाँट हुँदै छ । नेस्डो लघुवित्तमा २६ हजार लाखभन्दा बढीले आवेदन दिएका छन्, जसमा ७७ हजारले मात्र शेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।

नेस्डो समृद्ध लघुवित्त संस्थाको शेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दै छ । १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।