एमालेबाट निर्वाचित वडाध्यक्ष सहित सयौँ नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित

एमालेबाट निर्वाचित वडाध्यक्ष सहित सयौँ नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०७८

काठमाडौँ ।  फाल्गुन २४ नुवाकोट जिल्लाका निर्वाचित वडा अध्यक्ष सुब्बा तामाङ नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

सोमबार वेलकोटगढी नगरपालिका १ बाट निर्वाचित वडाध्यक्ष तामाङ सहितका सय बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

उनीहरूलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका र खादा लगाएर स्वागत गरेका हुन् । । विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरूमा शिक्षक आन्दोलनका अगुवा श्रीराम पाण्डे देखि नेकपा एमाले, नेपाली कांग्रेस लगायतका रहेका छन् । पार्टी प्रवेश गराउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई वडा, टोल र गाउँ गाउँमा गएर संगठित गर्न अपिल गरेका छन् ।

अब छिट्टै स्थानीय तहको चुनाव आउँदै छ, तपाईँहरू गाउँ गाउँ गएर कलमको प्रचार गर्नुस्,’ अध्यक्ष नेपालले भने । कलम न्याय र ज्ञानको प्रतीक भएकोले सबै माझ यसको प्रचार गर्नुपर्नेमा उनको जोड छ । अध्यक्ष नेपालले मात्रै होइन, उपस्थित नवप्रवेसीले पार्टीलाई जनतामाझ लैजान महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता समेत गरेका छन् ।

पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेहरूको सङ्ख्या भने दिनानुदिन वृद्धि भएको नेता कार्यकर्ता बताउँछन् ।