नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । 

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको विषयमा पनि छलफल हुनेछ ।