फ्रान्सेली प्रतिनिधिसभाका सदस्यहरुले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट

फ्रान्सेली प्रतिनिधिसभाका सदस्यहरुले प्रधानमन्त्री देउवासँग गरे शिष्टाचार भेट

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७८

फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । 

भेटमा नेपाल-फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ । 

फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो । 

उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् । 

नेपाल-फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरू नेपाल आएका हुन् ।