'एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ'

'एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७८

नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । 

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । 

एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाएका उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताए । 

‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने अनि संसद् विघटन गरेर चुनाव जान खोज्दा प्रतिगन भनियो’, महासचिव पोखरेलले भने, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद् विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’ 

एमसीसी पास गर्न गरियो घोषणापत्रको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामु लाज छोप्ने टालो मात्र हो ।’