३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य

३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २६, २०७८

सुनको मूल्य बिहीबार तोलामा ३ हजार ५०० रुपैयाँले घटेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४०५ रुपैयाँ निर्धारण भएको छ ।