संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाकाे मृत्यु

संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाकाे मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०७८

संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका- ६ मा बिहीबार बा४ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।  ५ जना घाइते भएका छन् ।

झापाको दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे ७ बजेतिर संखुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा दुर्घटनामा परेकाे थियाे ।